भारतमा मंकीपक्सबाट एक व्यक्तिको मृत्यु

भारतमा मंकीपक्सबाट एक व्यक्तिको मृत्यु

एजेन्सी,नयाँ दिल्ली। भारतले दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक मृत्यु भएको पुष्टि गरेको छ। हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो ।

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले ती व्यक्तिले सुरुमा विदेशमा परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखिएको बताइन। उनको मृत्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भाइरस भेटिएको मन्त्री जर्जले जानकारी दिइन्।

मंकीपक्सका कारण अफ्रिकाबाहेक यो चौथो मृत्यु हो। यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मंकीपक्सका कारण मृत्यु भएको थियो।

संक्रमित व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए। अस्पतालमा रिपोर्ट गरेको तीन दिनपछि उनको मृत्यु भएको थियो। उनलाई हल्का ज्वरो र रातो विमिरा आएका थिए।