कुवेतमा नयाँ प्रधानमन्त्री

कुवेतमा नयाँ प्रधानमन्त्री

कुवेत सिटी।कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ।उहाँले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराउनुभएको हो।

कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराउनुभएको छ।

कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार यहाँको संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउने छ।

नवनियुक्त प्रधानमन्त्री र उहाँको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ।

सोही बमोजिम सोमबार उक्त सभाबाट उनीहरुको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले जानकारी दिएको छ।

यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मे मा दिनुभएको राजीनामा कुवेतका अमिरले स्वीकृत गर्नुभएको थियो।उक्त मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल–अहमद अल–सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहनुभएको थियो।

सन् १९५६ मा जन्मिनुभएका नवनियुक्त प्रधामन्त्री कुवेतका अमिर नवाफ अल–अहमद अल जाबिर अल–सबाहका कान्छा छोरा हुनुहुन्छ।