मेसिनमा टाउको च्यापिएर कोरियामा नेपाली युवाको निधन

मेसिनमा टाउको च्यापिएर कोरियामा नेपाली युवाको निधन

काठमाडौं। रोजगारीको लागि दक्षिण कोरिया पुगेका एक नेपाली युवाको मृत्यु भएको छ।

याङसानमा क्षेत्रमा कार्यरत भोजपुरका तीर्थ पाण्डेको कम्पनीमा काम गर्ने क्रममा मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष संजीव राईका अनुसार पाण्डेको आल्मुनियम कम्पनीमा काम गरिरहेकै बेलामा मेसिनमा टाउको च्यापिएर मृत्यु भएको हो। पाण्डेको घटनास्थलमै ज्यान गएको थियो।

रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरिया पुगेका उनी ५ वर्षको अवधि पूरा गरी भिसा थप गरेर बसेका थिए।

मृतक पाण्डेको शवलाई स्थानीय याङसान अस्पतालको शवगृहमा राखिएको छ।

पाण्डेका नेपालमा श्रीमतीसहित एक छोरा र छोरी छन्। उनको शव नेपाल पठाउन सौलस्थित नेपाली दूतावासले समन्वय गरिरहेको उपाध्यक्ष राईले जानकारी दिए।