‘विद्यार्थीका लागि अष्ट्रेलिया विश्वकै उत्कृष्ट गन्तव्य हो’

‘विद्यार्थीका लागि अष्ट्रेलिया विश्वकै उत्कृष्ट गन्तव्य हो’

यतिबेला विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षा दिएर बसेका छन्। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफलको लागि तीव्र तयारी गरिरहेको छ। परीक्षा सकाएर बसेका विद्यार्थी भने आफ्नो भविष्यको रुपरेखा कसरी कोर्ने भनेर सोचिरहेका छन्। एकातर्फ कतिपय विद्यार्थीहरूले देशभित्रै अध्ययन गर्नको लागि ब्रिजकोर्स अध्ययन गर्ने, कम्प्युटर सिक्ने, भाषाका कक्षाहरु लिने गरिरहेका छन् भने अर्कोतर्फ कतिपय विद्यार्थी अध्ययनका लागि विदेश जान आवश्यक तयारी कक्षाहरु लिइरहेका छन्।

कोभिड महामारीपछि अध्ययनका लागि अष्ट्रेलियालगायत मुलुकमा जाने नेपालीको संख्या ह्वात्तै बढेको छ।

यसै सन्दर्भमा वैदेशिक शिक्षाको क्षेत्र, विशेषस् गरी अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जानको लागि आवश्यक पर्ने योग्यता, मापन प्रणाली र लागत खर्च जस्ता विषयमा केन्द्रित रही यही क्षेत्रमा दक्षता हासिल गरेका रोजेटा एजुकेशन इन्टरनेशनलका प्रबन्ध निर्देशक प्रविन पौडेलसँग प्रवास खबरले कुराकानी गरेको छ-

कोभिडपछि विदेश पढ्नका लागि आवेदन दिने विद्यार्थीको संख्या निकै बढी छ। तपाईंकोमा चाप कस्तो छ?

हो, अहिले चाप अत्यधिक छ। जसले हाम्रो दैनिकलाई पनि अति व्यस्त बनाएको छ। सामान्यतया विदेशमा विभिन्न तहमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श, डकुमेन्टेसनलगायतका प्रक्रियामै व्यस्तता बढेको छ।

यतिबेला १२ कक्षाको परीक्षा दिएका धेरै विद्यार्थी हामीसँग भिजिटमा आउने गरेका छन्। उनीहरुलाई परामर्श एवं सल्लाह–सुझाव दिइरहेका छौं। त्यसका साथै आवश्यक पर्ने अंग्रेजी भाषा, आइएलटिएस, पिटिईका कक्षाको व्यवस्थापन गर्ने र विद्यार्थीहरूका लागि रिफ्रेसमेन्ट कार्यक्रम पनि ल्याएका छौं।

अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीको संख्या कस्तो छ?

वैदेशिक अध्ययनमा जाने विद्यार्थीको तथ्याङ्क हेर्दा वार्षिक झन्डै २ लाख उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने गरेको पाइन्छ। अष्ट्रेलियाको हकमा कुरा गर्दा कुल विद्यार्थीको करिव एक–तिहाई हिस्सा ओगटेको देखिन्छ। यस अर्थमा अष्ट्रेलिया जान खोज्ने र जाने विद्यार्थीको संख्या ठूलो छ।

सामान्यतया प्लस टु पास गरेका विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनमा जानका लागि के–के प्रक्रियाहरू पूरा गर्नुपर्छ?

प्लस टुमा २.४ जिपिए भन्दामाथि ल्याई आईएलटिएसमा ५.५ वा अन्यमा सो–सरह ल्याउने विद्यार्थी अष्ट्रेलियामा दुई वर्ष बराबरको डिप्लोमा कोर्स अध्ययन गर्न पाउँछन्।

त्यसैगरी प्लसटुमा २.६ जिपिए प्राप्त गरी आइएलटिएसमा ६ अंक ल्याउने विद्यार्थीले ब्याचलर्सको कोर्ष अध्ययन गर्न पाउँछन्। यी कुराहरू पूरा भएमा अस्ट्रेलिया अध्ययनको लागि आवश्यक अन्य प्रक्रिया अगाडि बढाइन्छ।

सामान्यतया अष्ट्रेलिया अध्ययनको लागि जाँदा लाग्ने लागतको बारेमा बताईदिनुस् न!

सामान्यतः डिप्लोमा कोर्ष अध्ययन गर्नको लागि वार्षिक शुल्कसहित १४–१५ लाख जति लाग्दछ। यसमा कलेज अनुसार केही इन्स्योरेन्स शुल्क लाग्छ भने कुनैमा यही शुल्कले समेट्छ।

त्यस्तै, ब्याचलर्स कोर्ष अध्ययन गर्नको लागि वार्षिक शुल्कसहित लगभग १७-१८ लाखजति लाग्ने भए पनि ६ महिनाको शुल्क तिर्दा लगभग १४–१५ लाख जति लाग्नसक्छ। कलेज तथा कोर्स अनुसार यसमा केही फरक हुनसक्छ। यस्तै कलेजअनुसार केही इन्स्योरेन्स शुल्क लाग्छ भने कुनैमा यही शुल्कले पुग्छ।

तपाईँको संस्थाले किन अष्ट्रेलियालाई नै प्राथमिकतामा पारेको? पढ्न अष्ट्रेलिया नै जानुका फाइदा के छन् त्यस्ता?

अष्ट्रेलियाको हावापानी हामी नेपालीहरुलाई उपयुक्त हुने प्रकारको छ। अष्ट्रेलिया विश्वभरिका विद्यार्थीको लागि एक आकर्षक गन्तव्य मानिन्छ। त्यस्तै ठूलो संख्यामा नेपाली समुदाय पनि छ।

त्यति मात्र नभएर अस्ट्रेलियाको सरकारले विदेशबाट अध्ययनको लागि आउने विद्यार्थीलाई धेरै राम्रो सहयोग गर्ने गर्छ। तथ्यांकअनुसार अष्ट्रेलियामा अध्ययन गर्ने विद्यार्थीहरुमा करिव ९० प्रतिशत सन्तुष्टि दर रहेको छ।

विश्वका दुई सयभन्दा बढी देशका विद्यार्थीले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गरिरहेका छन्। त्यस्तै अष्ट्रेलियाका सात वटा सहरहरू विश्वका उत्कृष्ट ४० वटा शहरहरु भित्र पर्दछन्।

अष्ट्रेलियाले अन्य देशका विद्यार्थीहरुलाई लक्षित गरी ३० करोड अष्ट्रेलियन डलरभन्दा बढी रकम छात्रवृत्तिको लागि छुट्याएको छ।

त्यसैगरी अस्ट्रेलियाको शिक्षण प्रणाली उपयुक्त, सुरक्षित र मैत्रीपूर्ण मानिन्छ। पछिल्लो नतिजाअनुसार यहाँका १५ वटा विश्वविद्यालय विश्वकै उत्कृष्ट ५० विश्वविद्यालय भित्र पर्न सफल भएका छन्।

अस्ट्रेलियाको शिक्षणमा सैद्धान्तिक र व्यवहारिक उपयोगको तालमेल पनि मिलेको छ। त्यहाँ रहेर अध्ययन र काम गर्दै जाँदा विभिन्न सीप र दक्षता अभिवृद्धि गर्दै जान सकिन्छ।

विद्यार्थी भएकै अवस्थामा पनि एक हप्तामा करिव २० घण्टा काम गर्ने स्वतन्त्रता छ भने अध्ययन पूरा गरेपछि विद्यार्थीले केही वर्षसम्म पूर्णकालीन रुपमा काम गर्न सक्छन्। त्यसक्रममा अष्ट्रेलियाको दक्ष जनशक्तिभित्र परेको खण्डमा स्थायी आवासीय अनुमति पनि प्राप्त गर्न सकिन्छ। यस अर्थमा अष्ट्रेलिया बहुसंख्यक नेपाली  विद्यार्थी, अभिभावक, एवम् हाम्रो रोजाईमा परेको हो।

अष्ट्रेलियामा अवसरसँगै चुनौती पनि पक्कै होलान्। उच्च शिक्षा अध्ययन गर्ने क्रममा झेल्नुपर्ने चुनौती के–के हुन त?

पक्कै पनि जहाँ अवसर त्यहाँ केही चुनौती त हुन्छन् नै। अष्ट्रेलियामा बहुसांस्कृतिक, बहुभाषिक, तथा बहुधार्मिक समुदाय भएको हुँदा सुरुमा घुलमिल हुन नेपाली विद्यार्थीलाई केही गाह्रो पक्कै हुनसक्छ।

अधिकांश नेपाली विद्यार्थी निम्न–मध्यम आयस्तरको पृष्ठभूमिबाट त्यहाँ अध्ययन गर्न जाने हुँदा अध्ययन र कामबीचको सन्तुलन मिलाउन समस्या हुन्छ।

समस्या समाधानका उपाय पनि त होलान् नि!

मुख्य रुपमा अस्ट्रेलियामा रहेका कलेजहरुमा विद्यार्र्थी सहायता कक्षको व्यस्था हुन्छ । हामीले विद्यार्थीलाई ती सहायता कक्ष सँग समन्वय गरि आवश्यक साथ र सहयोग प्रदान गर्ने गर्छौं। यस्तैअष्ट्रेलियामा धेरै नेपाली हुनुहुन्छ, तीमध्ये कतिपय त त्यहाँ स्थापित भएर नै बस्नु भएको छ। त्यसैगरी पहिलै अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरू हुनुहुन्छ। त्यतिमात्र नभएर गैरआवासीय नेपाली समाजको उपस्थिति पनि उल्लेख्य मात्रामा रहेको छ। नेपाल र नेपालीको लागि काम गर्ने दूतावास पनि त्यहाँ छ। एक नेपालीले अर्को नेपालीको दुःखमा सहयोग गर्ने प्रचलन स्थापित भएको छ। आपत् परेमा यी सबै ठाउँबाट सहयोग तथा सायता लिन सकिन्छ।

वैदेशिक शिक्षासँग सम्बन्धित परामर्शको क्षेत्रमा कस्ता–कस्ता चुनौती छन्?

अन्य क्षेत्रमा जस्तै यसमा पनि चुनौती अवश्य छन्। विदेश अध्ययनका लागि विगतदेखि नै कन्सलटेन्सीहरुले आफ्नो सेवा प्रवाह गर्दै आएका थिए। जुन क्रममा केही कन्सलटेन्सीले झुठा बाचा पनि गर्ने प्रचलन भयो। विदेश पढ्न मापदण्ड पूरा नहुने विद्यार्थीलाई पनि ‘हामी पठाइदिन्छौं’ भनेर झुलाउने गरेको पाइन्छ। यसरी कैयौं विद्यार्थी ठगीमा समेत परेका छन्। सेवाभन्दा पनि पैसा कमाउनकै लागि जे–पनि बोलिदिने र बोलेका कुरा पूरा नगरेका कारण यो क्षेत्रले केही विश्वसनीयता पनि गुमाएको अवस्था छ। यस्ता खालका चुनौतीलाई चिर्दै जानुपर्ने आजको आवश्यकता छ।

अध्ययनका लागि विदेश जाँदा तपाईँको रोजेटालाई नै विद्यार्थीले किन रोज्ने?

पहिलो कुरा त हामीसँग धेरै वर्षदेखि यो क्षेत्रमा काम गरेको अनुभव छ। हामीले कसैलाई पनि अनावश्यक रुपमा दुःख दिने नियत राख्दैनौं। हामीले बरु थोरै गर्ने तर, प्रभावकारी काम गर्ने भन्ने कुरामा विश्वास राख्छौं। कसैको भिसा सफल नहुने खालको  छ भने त्यसलाई हामीले ‘हुन सक्दैन’ भनेर पहिले नै भन्छौं।

दोस्रो कुरा, हामीसँग अनुभवी तथा दक्ष परामर्शदाता हुनुहुन्छ। त्यस्तै अध्ययनका लागि विदेश जाने विद्यार्थीका विभिन्न प्रक्रिया जस्तै: आईएलटिएस तयारी, एसओपी, डकुमेन्टेसन, आर्थिक कागजात, नोटरीलगायतका आवश्यक पर्ने ठाउँमा हामीले सहजीकरण गर्नेगर्छौं।

अध्ययनको लागि विदेशमा पुगिसकेका विद्यार्थी पनि हामीसँग नियमित सम्पर्कमा रही आफ्नो सफलताका कथा सेयर गरिरहनु भएको हुन्छ।

यस अर्थमा, विगतको अनुभव आम विद्यार्थीका लागि विश्वासिलो कन्सल्टेन्सीको रुपमा स्थापित हुन सफलस चुस्त दुरुस्त र पारदर्शी सेवा प्रवाह हुने कारणले गर्दा विद्यार्थीहरुले रोजेटालाई नै छनौट गर्दा आफ्नो भविष्य उज्ज्वल बनाउन सक्नेछन्।

अन्त्यमा केही छ कि?

१२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थी भाइबहिनीलाई सफलताको शुभकामना। अध्ययनका लागि विदेश जाने योजना बनाइरहनु भएको छ भने कसैको लहलहैमा नलागी आफैले धेरै कुरा बुझेर मात्र प्रक्रिया अघि बढाउनुहोला। हामीहरु तपाईहरुकै सेवाकै लागि हाजिर भएकोले एक पटक सेवा गर्ने मौका अबस्य दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु।