दुबईको जाविल पार्कमा मनाइयो उभौली पर्व

दुबईको जाविल पार्कमा मनाइयो उभौली पर्व

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा उभौली पर्व मनाइएको छ।

प्रवासी भुजेस समाज यूएईको आयोजनामा दुबईको जाविल पार्कमा उभौली विधिपुर्वक पुजा गरी मनाइएको हो।

प्रकृति पुजक भुजेल जातिले मनाउने आफ्नो मौलिक सांस्कृतिक पर्वमा सुर्य ,वायु, जल, जमिन र जङ्गलको विधिपुर्वक पुजा आरधना गरिएको थियो।

समाजका अध्यक्ष तुल बहादुर घर्तिको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवास, सल्लाहकारहरु क्रमशः यम बहादुर घर्ती, दिलिप जिटि, महेश भुजेललगायतले शुभकामना मन्तव्य राखेका थिए।

‘भाषा, संस्कार र संस्कृति हाम्रो पहिचान : समतामूलक समाजको निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यूएईमा सन् २०१२ देखि भुजेल समाज क्रियासिल छ।