विदेशमा कार्यरत श्रमिकका लागि सरकारले ‘टेली मेडिसिन’ सेवा सञ्चालन गर्ने

काठमाडौं। सरकारले रोजगारीका लागि विदेशी भूमिमा पुगेका श्रमिकलाई लक्षित गरेर ‘टेली मेडिसिन’ सेवा सञ्चालन गर्ने भएको छ।
आइतबार संसदको संयुक्त बैठकमा २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ‘टेली मेडिसिन’ सेवा सुरु गरिने जानकारी दिएका हुन्।
‘विदेशमा कार्यरत श्रमिकलाई ‘टेली मेडिसिन’ सेवा सञ्चालन गरिनेछ,’ शर्माले भने। उनले सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने समेत बताए।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको दक्षता र क्षमता अभिवृद्धि गर्न गन्तव्य मुलुकको माग अनुसार आवश्यक सीपमुलक तालिम प्रदान गरिने मन्त्री श्रर्माको भनाइ छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर