१० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

१० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले यो आर्थिक वर्ष थप १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

सरकारको वार्षिक आय र व्ययको अनुमान संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए। उनले यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि  ३३ करोड बजेट विनियोजन गरेको बताए।

साथै उनले पदमार्गको स्तरोन्नती, ग्रेट हिमालय रेन्ज निर्माण र सगरमाथालगायताका क्षेत्रमा सग्रालय निर्माण गर्ने बताए। पर्यटक पवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन मेलालगायतका कार्यक्रम आयोजना गर्ने बताए।