लण्डनमा नेपाल फिल्म फेस्टिभल

लण्डनमा नेपाल फिल्म फेस्टिभल

काठमाडौं। थर्ड आईको आयोजनामा बेलायतको लन्डनमा पाँच दिने ‘नेपाल फिल्म फेस्टिभल’ हुने भएको छ।

फेस्टिभलको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले फेस्टिभलमा पाँच दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए।

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको फेस्टिभलमा नेपालबाट करिब ३ दर्जन फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहनेछ। केसीका अनुसार फेस्टिभलको अन्तिम दिन फिल्मकर्मीहरुलाई सम्मान समेत गरिनेछ।

आयोजकका अनुसार फेस्टिभल भदौको अन्तिममा हुनेछ। जसका लागि उनीहरुले तयारीसमेत सुरु गरिसकेका छन्। आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ।

युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रशारण नभएका तर, हलमा मात्र रिलिज भएका फिल्महरुमध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ।