एनआरएनए अमेरिकाको प्रमुख संरक्षकमा साह, प्रवक्ताको जिम्मेवारी पत्रकार लम्साललाई

एनआरएनए अमेरिकाको प्रमुख संरक्षकमा साह, प्रवक्ताको जिम्मेवारी पत्रकार लम्साललाई

वासिंटन डिसी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए/एनसीसी) अमेरिकाको प्रमुख संरक्षकमा सुनिल साह नियुक्त भएका छन्।

संघको सोमबार साँझ भर्चुअलमार्फत बसेको बैठकले आइसीसीका कोषाध्यक्ष समेत रहेका साहको संयोजकत्वमा पाँच सदस्यीय  संरक्षक परिषद् गठन गरेको हो। संरक्षक समितिमा शिव कुमार राई, डा. अर्जुन बन्जाडे र तिलक केसी रहेका छन्।

यस्तै बैठककले पत्रकार होम लम्साललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।

अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकमा अमेरिका क्षेत्रीय पदाधिकारी तथा आइसीसी सदस्यहरुको समेत उपस्थित थिए।

बैठकल एनसीसी अमेरिकाको वार्षिक साधारणसभा आगामी ३ र ४ जुलाइमा डल्लासमा गर्ने निर्णय गरेको छ।

बैठकमा संघका केन्द्रीय युवा उपाध्यक्ष रोशन थापाले विषम परिस्थितीकाबीच एनसीसी अमेरिकामा नयाँ कार्यसमिति गठन भएको चर्चा गर्दै समस्याको समाधान गरेर अघि बढ्न सुझाव दिएका थिए।

बैठकलाई सम्बोधन गर्दै संघका केन्द्रीय सचिव चिरन्जीबी घिमिरेले संस्थाभित्र गुट–उपगुटलाई छोडेर रुपान्तरणमा लाग्नुपर्ने बताए।

यस्तै अर्का सचिव प्रमोद सिटौलाले आइसीसीको निर्देशन नमान्ने सबै एनसीसी खारेज हुने बताए। विधि र विधानविपरित काम गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ थियो।

यस्तै सचिव शंकर खड्काले नयाँ कार्यसमितिले सबै पक्षको भावनालाई समेटेर अघि बढ्नेमा विश्वास व्यक्त गरे।

बैठकमा क्षेत्रीय उपसंयोजक पुरु बोहोराले लामिछानेको कार्यसमिति एउटा नमुनाको कार्यकालको रुपमा स्थापित हुनु पर्नेमा जोड दिए।

बैठकले साता च्याप्टर र केन्द्रिय समितिको संयूक्त बैठक राख्ने निर्णय गरेको छ।

यस्तै संघको कार्यदलमा रहेर काम गर्न इच्छुकहरुको नाम संकलन आगामी तीन दिनभित्र गर्ने निर्णय भएको छ । यस्तै आगामी एक साताभित्र संघको सल्लाहकारहरुको नाम महासचिव समक्ष सिफारीस गर्न बैठकले आग्रह गरेको छ।

बैठकले विधान संसोधन गर्न वरिष्ठ उपाध्यक्ष सिपी पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष गोपाल कंडेल, रविन बज्राचार्य, महासचिव डोरन अधिकारी, सन्तोष लामिछाने र सदस्यमा सुमन वस्ति रहेका छन्।