बेलायतमा लागूऔषधी कारोबारको दोषी ठहरिए एक नेपाली युवा

बेलायतमा लागूऔषधी कारोबारको दोषी ठहरिए एक नेपाली युवा File Photo

लन्डन । बेलायतले एक नेपाली युवा लागूऔषधको कारोबारमा दोषी ठहराएको छ । बेलायतको अदालतले लन्डन ह्यारो निवासी २४ वर्षीय निखिल लामालाई लागूऔषध कारोबारमा संलग्न भएको फैसला गरेको छ । अदालतको फैसला अनुसार उनलाई ३८ महिनाको जेल सजाय सुनाईएको छ । ती व्यक्तिले ठूलो परिमाणमा ’ए क्लास’ (’क’ बर्ग) को लागुऔषधको कारोबार गरेको बताइएको छ ।

प्रहरीले अभियुक्तलाई पहिचान गर्न तालिम प्राप्त कुकुरको सहयोग लिएका थिए । तालिम प्राप्त कुकुरले लामाको कारमा ठूलो परिमाणमा ’क’ बर्गको लागुऔषध भएको फेला पारेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।

प्रहरीले लामाको गाडीबाट ६५ पोका क्रयाक कोकिन, एउटा ठूलो कोकिन (कोकिनको चट्टान) र एक हजार पाउण्ड नगद बरामद गरेको थियो । त्यस्तै, उनलाई लागूऔषधको ओसारपसार गरेको, कारको बीमा नगरेको, र ड्राइभिङ गर्ने योग्यता (सीप) नभई ड्राइभ गरेको अभियोग पनि लागेको छ । लामाले ३ वर्षभन्दा बढी समयसम्मको जेल सजाय भुक्तान गर्नुपर्ने बताइएको छ ।