भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका छन् । त्यस मध्य पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका छन् ।

भारतमा अहिले एघार लाख १७ हजार ५३१ सङ्क्रमित अवस्थामै रहेका छन् । गएको २४ घण्टामा भारतमा ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५ हजार ३६१ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । कोरोना भाइरस निको हुने दर ९५।५९प्रतिशत रहेको छ ।

सोही अवधिमा थप ३८० को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५ जना पुगेको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको थियो । सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५४ करोड ६१ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।