वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या पुनः बढ्न थाल्यो

वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या पुनः बढ्न थाल्यो फाइल फोटो

काठमाडौं। वैदेशिक रोजगारीका लागि विदेशीने नेपाली युवा तथा युवतीको संख्या पुनः बढेको छ। कोरोना संक्रमणका कारण पछिल्लो दुई वर्ष विदेश जाने युवायुवतीको संख्या न्यून भएको थियो।

तर, वैदेशिक रोजगार विभागका अनुसार यो असोज महिनामा मात्र वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जान ४० हजार युवायुवतीले श्रम स्वीकृति लिएका छन्। यसमा ३६ हजार पुरुष तथा ४ हजार महिला रहेको विभागको भनाइ छ।

कोरोना संक्रमण फैलिनुअघि नेपालबाट मासिक ४५ हजार बढी कामदार विदेश जाने गर्थे। संक्रमणको बेला यो घटेर ८ हजारमा झरेको थियो।

विभागका अनुसार गत आर्थिक वर्ष १ लाख ६७ हजार कामदार विदेशिएका थिए। यसअघि विदैशिक रोजगारीमा जाने युवायुवतीको संख्या ३ लाख ६८ हजार ४ सय १३ थियो।