एनआरएनए नाइजेरियाद्वारा ‘कल्याणकारी कोष’ स्थापना

एनआरएनए नाइजेरियाद्वारा ‘कल्याणकारी कोष’ स्थापना

लेगोस । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले परोपकारी काम गर्न ‘कल्याणकारी कोष’ को स्थापना गरेको छ । आठौं साधारणसभाबाट निर्वाचित कार्यसमितिको प्रथम बैठकले नेपाल र नाइजेरियामा परिपकारी कार्य सञ्चालन गर्न ‘कल्याणकारी कोष’को स्थापना गरेको हो।

कोषमा आर्थिक संकलन अभियान सुरु गरिएको छ।

बैठकले यो कार्यकालमा ‘एक एनसीसी एक परियोजना’ अन्तर्गत सातांै नेपाल प्रोजेक्ट समेत सम्पन्न गर्न समिती समेत गठन गरेको छ । यस अघि संघले कैलाली, खोटाङ, मकवानपुर, सुनसरी, रसुवा र चितवनका स्कुलहरुमा यो परियोजना अन्तर्गत स्कुलका छात्रावास, पुस्ताकालय, प्रयोगशाला र कक्षा भवनका लागि भवन निर्माण गरिसकेको छ।

संघले तत्काल मेलम्ची बाढी पीडितका लागि मानविय राहत सहयोग पठाउने समेत निर्णय गरेको छ । त्यस्तै लेगोसस्थित असहाय बालबालिका केन्द्रलाई सहयोग गर्ने र कोभिडले स्थगन भएको नियमित रक्तदान कार्यक्रमलाई पुन सुचारु गर्ने निर्णय गरेको छ।

संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकमा सस्थापक अध्यक्ष एब संरक्षक हिक्मत थापा, सल्लाहकार हिमा खड्का, आइसीसी सदस्य विश्वास पौडेल, उपाध्यक्ष अभिषेक मान सिंह र महासचिव सोमेश अर्यालले सहभागी थिए।