यी ५० वर्षीय पुरुषले गरे एकै पटक तीन युवतीसँग विवाह
रुवान्डा । एकै समारोहमा तीन महिलासँग विवाह गरेपछि युगान्डाका ५० वर्षीय मुस्लिम पुरुष मोहम्मद सेमान्डा गत महिना अफ्रिकाभर समाचार हेडलाइन बनेका थिए । बेग्ला बेग्लै विवाह गर्न सक्ने अवस्था नभएकाले उनले एकैपटक तीन महिलासँग विवाह गरेका थिए ।
युगान्डाको वाकिसो जिल्लाको काताबी सहरका खानेकुरा बिक्रेता सेमान्डाले सेता विवाहको गाउन लगाएका तीनजना महिलासहित स्थानीय समुदायमा देखा परेर धेरैलाई एक प्रकारको झड्का दिए । आर्थिक रुपमा उनको अवस्था राम्रो नभएको उनका सबै श्रीमतीहरूलाई थाहा थियो । तर, मायप्रेमका कारण तीनै जना उनीसँग विवाह गर्न राजी भए । तीनै जनाले एक अर्काको रिस र इर्ष नगर्ने उनको भनाइ छ ।
‘मेरा श्रीमतीहरू एकअर्काविरुद्ध ईर्ष्या गर्दैनन् । राम्रो छ । प्रत्येकले घर पाएका छन र म उनीहरूलाई कडा मेहनत गरेर सहयोगको बाचा गर्छु’, उनी भन्छन् । तीनवटा विवाहको लागि पैसा तिर्न नसकेर एकै पटक तीन जनासँग विवाह गरेको उनको भनाइ छ ।
उनका श्रीमती ४८ वर्षीय सलमत नलुउग्गे, २७ वर्षीय जामियो नाकाइजा र २४ वर्षीया मस्तुलाह नामवान्जे समारोहमा रमाइलो र सबैको ध्यान खिचेको देखिन्थे । चाखलाग्दो कुरा के छ भने नलुवाग्गेले मोहम्मदसँग विगत २० वर्षदेखि विवाह गरिसकेकी । त्यसैले यो उनीहरूको विवाहको नवीकरण मात्र थियो । दम्पतीका पाँच सन्तान छन् । अन्य दुई महिलाहरू वास्तवमा दिदीबहिनी हुन्, र तिनीहरूका आफ्नै बच्चाहरू पनि छन् ।
विवाहको बारेमा सलमात नालुउग्गेले भनिन्, ‘हाम्रा श्रीमानलाई हामी सबैलाई एकैपटक विवाह गरेकोमा म धन्यवाद दिन्छु ।