सन् २०३२ को ओलम्पिक खेल अष्ट्रेलियाको ब्रिस्बेनमा

काठमाडौं । सन् २०३२ को ओलम्पिक खेल अष्ट्रेलियाको ब्रिस्बेन शहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बुधवार बसेको बैठकले सन २०३२ को ओलम्पिक आयोजना गर्ने जिम्मा अष्ट्रेलियाको ब्रिस्बेन शहरलाई दिएको छ।
यो सँगै एउटै देशले ३ शहरमा तिन पटक ओलम्पिक खेल आयोजना गर्ने देशको सुचीमा अष्ट्रेलिया दोस्रो बन्न सफल भएको छ । यसअघि अष्ट्रेलियाले सन् १९५६ मा मेलबोर्न र २००० मा सिड्नी शहरमा ओलम्पिक खेल सफल पूर्वक आयोजना गरिसकेको छ । अष्ट्रेलिया भन्दा पहिले अमेरिकाले ३ ओलम्पिक खेलहरु विभिन्न तिन शहरमा सफलतापूर्वक आयोजना गरिसकेको छ।
BRISBANE 2032 ELECTED AS HOST OF THE GAMES OF THE XXXV OLYMPIAD!
CONGRATULATIONS! pic.twitter.com/h66C9pHxcG
— IOC MEDIA (@iocmedia) July 21, 2021
सन ३०३२ को ओलम्पिक खेलका लागि अष्ट्रेलियासँगै ईन्डोनेसिया, कतार, हंगेरी, चीन र जर्मनीले पनि आवेदन दिएको थियो । तर, आइओसीको बुधवारको बैठकले अष्ट्रेलियालाई यो अधिकार दिएको छ।
ताजा अपडेट

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?
