चुनौतीकाबीच बेलायतले १९ जुलाइदेखि ‘लक डाउन’ हटाउँदै

चुनौतीकाबीच बेलायतले १९ जुलाइदेखि ‘लक डाउन’ हटाउँदै

लन्डन। बेलायतले १९ जुलाईपछि ‘लक डाउन’ हटाउने तयारी गरेको छ। प्रधानमन्त्री बोरिस जोन्सनका अगाडी यो सबैभन्दा ठूलो चुनौती हो। किनभने अहिले पनि यहाँ औसत ३० हजार कोरोना संक्रमित फेला परिरहेका छन्। तर, निधन हुने संख्या भने कम छ।

गत अगस्ट २०२० देखि मार्च २०२१ सम्म बेलायतमा एक हजार संक्रमित मध्ये ८१ जनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको थियो। यस अवधिमा १८ जनाको मात्र निधन भएको बताइएको छ। यस्तै, २०२१ को अप्रिलपछि एक हजार जनामा ४५ लाई अस्पताल भर्ना गर्नुपरेको छ भने ४ जनाको मात्र निधन भएको छ।

संक्रमितको मात्र बढेपनि अस्पताल भर्ना हुने तथा मृत्युको संख्या घटेका कारण सरकारले ‘लक डाउन’ हटाउन खोजेको हो।