मेसीले ‘एक्स्पो २०२० दुबई’ को प्रचार गर्ने

मेसीले ‘एक्स्पो २०२० दुबई’ को प्रचार गर्ने

दुबई।विश्व चर्चित फुटबल खेलाडी लिओनल मेसी ‘एक्स्पो २०२० दुबई’ को तीन महिना लामो प्रचारप्रसारको हिस्सा बन्ने भएका छन्।

दुबई सरकारले सोमबार एउटा अफिसियल भिडियो ट्वीट गर्दै यसको जानकारी दिएको हो। जसमा मेसीले एक्स्पो आयोजना हुने अल वासेल प्लाजाबाट फुटबल बललाई ‘किक’ हान्दै गरेको देखाइएको छ।

अल वासेल ३६० डिग्रीमा बनेको विश्वकै ठूलो डोम हो। यूएईले यो बृहत कार्यक्रमको आयोजना १ अक्टोबर, २०२१ बाट सुरु गर्दैछ भने ३१ मार्च, २०२२ मा सम्पन्न हुनेछ।

एक्स्पो–२०२० दुबईको टिकट जुलाई १८ देखि विश्वभरि उपलब्ध हुनेछन्। यसका लागि तपाईले expo2020dubai.com. जानुपर्ने छ। एक्स्पोमा भाग लिन एकल टिकको मूल्य ९५ दिराम राखिएको छ। ६ महिनाको पासको लागि ४९५ दिराम तिर्नुपर्ने छ।