अब यूएईमा नेपाली श्रमिकलाई बुझ्ने भाषामा काम लगाउनुपर्ने

अब यूएईमा नेपाली श्रमिकलाई बुझ्ने भाषामा काम लगाउनुपर्ने

दुबई। खाडी मुलुकमा श्रमिकले त्यस देशको भाषा नबुझ्दा थुप्रै समस्या भोग्दै आएका थिए। यसमा सबैभन्दा पिडित नेपाली श्रमिक थिए। अब युनाइटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकले भने यस्तो समस्याबाट छुटकारा पाउने भएका छन्।

यूएई सरकारले श्रमिक सम्बन्धि नयाँ कानून लागू गरेपछि भाषा सम्बन्धि समस्यामा सुधार हुने आशा गरिएको छ।

यूएईमा आज (जुन १५) देखि श्रमिकलाई दिउँसोको चर्को घाममा काममा लगाउन नपाउने नियम लागू भएको छ। जसअनुसार सिधै सूर्यको किरण पर्ने तथा खुल्ला ठाउँमा गरिने सबै किसिमका काम दिउँसो साढे १२ बजेदेखि अपरान्ह ३ बजेसम्म प्रतिबन्धित गरिएको छ।

तीन महिना जारी रहने यस्तो नियम आउँदो सेप्टेम्बर १५ सम्म लागू हुनेछ।

यो नियमको उल्लङ्घन गरेमा प्रति श्रमिकलाई काम लगाए वापत कम्पनीले ५ हजार दिराम जरिवाना तिर्नु पर्नेछ । सो समयमा धेरै श्रमिकलाई काममा लगाएवापत अधिकतम ५० हजार दिरामसम्म जरिवाना तिर्नु पर्नेछ।

नियम उल्लंघन गर्ने कम्पनीको फाइल ‘सन्स्पेन्ड्’ मा राखिने अर्थात् त्यस्ता कम्पनिलाई मन्त्रालयको वर्गीकरण प्रक्रियामा ‘डाउन्ग्रेडेड’ (स्तर घटाउने) गरिने उल्लेख छ।

कसैले नियमको उल्लङ्घन गरेमा टोल फ्री नम्बर ८००६० मा उजुरी गर्न मिल्ने छ। उक्त टोल फ्री नम्बर सातै दिन चौबीसै घण्टा चार भाषामा उपलब्ध हुने यहाँको मन्त्रालयले बताएको छ।

दुबईमा श्रमिकलाई आठ घन्टाभन्दा बढी समय काममा लगाउन नपाइने पनि नियममा उल्लेख छ। दुबईको मानव संसाधन मन्त्रालयले बिहान, साँझ वा दुबै समय गरी आठ घन्टाभन्दा बढी समय काममा लगाउने कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो।

२४ घण्टाभित्र कुनै श्रमिकलाई ८ घन्टाभन्दा बढी समय काममा लगाएमा उसलाई ओभरटाइम वापतको पारिश्रमिक तिर्नुपर्ने मन्त्रालयले बताएको छ।

त्यस्तै रोजगारदाताले कार्यस्थलमा सबैले देख्नेगरी दैनिक ‘वर्किङ आवर’ को समय तालिका राख्नु पर्नेछ। अरबिक भाषाको अतिरिक्त श्रमिकले बुझ्ने भाषामा लेखिएको हुनुपर्नेछ।

त्यस्तै, श्रमिकले काम गर्दा मेसिन तथा अन्य औजारबाट लाग्न सक्ने सम्भावित चोट तथा दुर्घटनाबाट बच्नको लागि आवश्यक पर्ने सुरक्षित उपकरण रोजगारदाताले प्रदान गर्नुपर्ने उल्लेख छ ।

यूएईमा श्रमिकलाई घाममा काम लगाउने कम्पनीलाई ५० हजार दिरामसम्म जरिवाना



No ads found for this position