काठमाडौं आइपुग्यो बेलायतले सहयोग गरेको स्वास्थ्य सामग्री

काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग स्वरुप पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।
शुक्रबार बिहान २ सय ६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ती सामग्रीहरु शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको जनाएको छ ।
साथै सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटरसमेत ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट

प्रवास खबर
आजबाट आईपीएल सुरु

प्रवास खबर
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

प्रवास खबर
श्रम स्वीकृति अब स्थानीय तहबाटै

प्रवास खबर
४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

प्रवास खबर