नेपाली टोपी हातमा समाएर नेदरल्याण्डका प्रधानमन्त्री सहयोग माग्दै

नेपाली टोपी हातमा समाएर नेदरल्याण्डका प्रधानमन्त्री सहयोग माग्दै

एमेस्ट्रेडम। नेपाल जस्तो बिकासोन्मुख राष्ट्रमा कोरोना भाइरसको महामारी रोकथामका लागि नेदरल्याण्ड सरकारले राष्ट्रिय स्तरमा चन्दा संकलन अभियानको थालनी गरेको छ। नेदरल्याण्डमा स्थापित ११ वटा वैदेशिक सहयोग संस्थाको सहकार्यमा संचालित अभियानको संयोजकत्व गिरो–५५५ नामक संस्थाले गरेको छ।

यो संस्थाले सन् २०१५ मा बिनासकारी भुकम्प पश्चात राष्ट्रिय स्तरको चन्दा संकलन अभियान गरि नेपालको लागि दुई करोड युरोभन्दा बढि जम्मा गर्न सफल भएको थियो। कोभिड(१९ चन्दा संकलन अभियानलाई पनि नेदरल्याण्ड सरकारको पूर्ण समर्थन रहेको प्रधानमन्त्री मार्क रुट्टले बताए। कार्यक्रममा उपस्थित ब्यापार तथा सहयोग मन्त्री सिग्रिड काखले नेदरल्याण्ड सरकारको तर्फबाट नेपाललाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यस्तै लेवर पार्टी कि नेत्री लिलिआन प्लुमन र सोसलिस्ट पार्टी कि नेत्री लिलिअन मराइनिसले पनि नेपाललाई सहयोग गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने मन्तव्य ब्यक्त गरेका थिए। उपस्थित अन्य संसदले पनि कोभिड–१९ अन्तर्राष्ट्रिय समस्या भएकाले बिकासोन्मुख मुलुकको समस्यालाई नजिकबाट नियालेर हेरिरहेको र छिट्टै समाधान खोजिनुपर्ने कुरामा जोड दिए।

नेपाललगायत अन्य मुलुकलाई पनि खोप, भेन्टिलेटर र अन्य स्वास्थ सामाग्री छिट्टै उपलब्ध गराउन युरोपियन युनियन र संयुक्त राष्ट्रसंघमा समेत लबी गर्नुपर्ने आवश्यकता महसुस गर्दै समाधानको लागि कदम चाल्ने प्रंसगमा बिशेष छलफल भएको थियो।