कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित पुष्टि

कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १९६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांक छ ।

मंगलबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेकाे पनि मन्त्रालयले जनाएकाे छ ।

हालसम्म देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना निको हुनेको संख्या ६ हजार ८९१ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म मृतकको कुल संख्या ५ हजार ४११ रहेकाे छ ।