नेपाललाई स्पेनको सहयोग, स्वास्थ्य सामग्रीसहित राजदूत काठमाडौं आउँदै

काठमाडौं। कोभिड–१९ को महामारी चलचिरहेका बेला विभिन्न देशमा रहेका संघ संस्था तथा व्यक्तिहरुले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन्।
महामारीविरुद्ध स्पेनले पनि स्वथ्य सामग्री सहयोग गर्ने भएको छ। तर स्पेनले कस्तो खालको सहयोग गर्छ तयो भने यकिन भइनसकेको अवस्था छ। स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाले ट्वीट गर्दै महामारविरुद्ध स्पेनले सघाउन लागेको जनाएकी छिन्।
साथै उनले स्पेनमा बस्ने नेपाली नागरिक तथा संघ संस्थालाई यस्तो महामारीमा सहयोग गर्न ट्वीटमार्फत अपीलसमेत गरेकी छिन्। राजदूत शेर्पा र स्पेनी सरकारका अधिकारीसहितको विमान नेपाललाई अत्यावश्यक मेडिकल सामाग्रीसहित केही दिनमा नै काठमाडौं आउने बुझ्नमा आएको छ।
उक्त विमान स्पेन सरकारले नै चार्टर्ड गर्ने भनिएको छ। नेपाललाई मानवीय सहायता सामाग्री हस्तान्तरण गरेर विमान भोलिपल्टै फर्किनेछ।
ताजा अपडेट

आजबाट आईपीएल सुरु

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

श्रम स्वीकृति अब स्थानीय तहबाटै

४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए
