दक्षिण कोरियामा १ लाख १७ हजार बढीमा कोरोना संक्रमण

दक्षिण कोरियामा १ लाख १७ हजार बढीमा कोरोना संक्रमण

सौल । दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ लाख १७ हजार नाघेको छ । शुक्रबार थप ७९७ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ४५८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८११ पुगेको छ ।

हाल कोरियामा संक्रमितमध्ये १ लाख ७ हजार ७१ जना कोरोना मुक्त भइसकेका छन् । साथै ८ हजार ५७६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १२७ जनाको अवस्था भने गम्भिर रहेको छ ।