मनकारी अफ्रिकन जसले नेपालमा मोबाइल बल्ड बस सञ्चालन गर्न अढाइ लाख दिए

मनकारी अफ्रिकन जसले नेपालमा मोबाइल बल्ड बस सञ्चालन गर्न अढाइ लाख दिए

लेगोस । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत मोबाइल ब्लड बैंक परियोजना अघि बढाइरहेको छ । आधुनिक प्रविधिसहितको यो बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने , संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा उपलब्ध छ।

संघले यसअघि यस्तै किसिमको बस चितवनमा हस्तान्तरण गरिसकेको छ। दोस्रो चरणमा सुदुर पश्चिम प्रदेशलाई लक्षित गरेर धनगढीमा उपलब्ध गराउने तयारी गरिएको छ। अबको केही महिनामै यो बस हस्तान्रण गर्ने संघको लक्ष्य छ । यसका लागि अहिले संघले संसारभर आर्थिक जुटाइरहेको छ।

संघले अघि सारेको यो मानवीय परियोजनामा अफ्रिकाका प्रख्यात उधोगपती डा . सुधीर रुपारेलियाले पनि दिल खुलाएर साथ दिएका छन् । उनले दुई लाख पचास हजार नेपाली रुपैयाँ सहयोग गरेको पूर्व कोषाध्यक्ष हिक्मत थापाले बताएका छन्।

युगान्डाका उधोगपती डा‍‍ . सुधिर पूर्वी अफ्रिकाकै सबैभन्दा धनि व्यक्ति भएको थापाको भनाइ छ। डा. सुधिर नेपालका तर्फबाट युगान्डाका लागि मानार्थ बाणिज्य दुत पनि हुन्।

नेपाल र नेपालीलाई असाध्यै माया गर्ने रुपारेलिया अफ्रिकाका नेपालीलाई अप्ठ्यारो पर्दा सधै सहयोग र संरक्षण गरिरहने थापाले जानकारी दिए।

युगाण्डामै जन्मिएका सुधिर भारतीय मुलका हुन्।