साइप्रसमा नेपाली महिलाको निधन

साइप्रसमा नेपाली महिलाको निधन सांकेतीक तस्वीर

साइप्रस । रोजगारीको लागि साइप्रस आएकी एक नेपाली महिलाको मृत्यु भएको छ।

एनआरएनए साइप्रसका अनुसार निकोसियास्थित देफतेरा गाउँमा ४० वर्षीया नेपाली महिला संगिता पाण्डेको निधन भएको हो ।

पाण्डेको १ मार्च सोमबार बिहान साढे ७ बजे मृत्यु भएको साइप्रस प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।   यधपी  उनको मृत्युको आधिकारिक कारण भने अहिलेसम्म खुलेको छैन् ।

पाण्डेको निधनप्रति एनआरएनए साइप्रसले दुःख व्यक्त गरेको छ । पाण्डेको मृत्युबारे थप विवरण आउन बाँकी रहेको जनाउँदै धैर्य रहन संघले अनुरोध गरेको छ ।