युरोपा लिगबाट नेपोली बाहिरियो

इटालि । इटालियन क्लब नेपोली युरोपा लिगको राउन्ड अफ ३२ चरणबाटै बाहिरिएको छ ।
बिहीबार भएको खेलमा ग्रानडालाई २-१ ले हराएपनि समग्रमा ३-२ को हार बेहोर्दै नेपोली अन्तिम १६ मा पुग्न सकेन । पहिलो लेगमा नेपोली २-० ले पराजित भएको थियो ।
२५ औं मिनेटमा एन्जल मोन्टोरोले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले महत्त्वपूर्ण अवे गोल गरेपछि नेपोलीलाई खेल जित्न तीन गोल आवश्यक पर्यो । ५९ औं मिनेटमा फाबियानले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरे । थप गोल हुन नसक्दा ग्रानडा प्रि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।
स्लाभिया प्रागविरुद्ध पहिलो लेग गोलरहित बराबरी खेलेको लेस्टर सिटी घरेलु मैदानमा २-० ले पराजित भएपछि युरोपा लिगबाट बाहिरियो ।
ताजा अपडेट

प्रवास खबर
आजबाट आईपीएल सुरु

प्रवास खबर
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

प्रवास खबर
श्रम स्वीकृति अब स्थानीय तहबाटै

प्रवास खबर
४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

प्रवास खबर