कोरोनाको संक्रमणबाट बेलायतमा थप १ नेपालीको मृत्यु

कोरोनाको संक्रमणबाट बेलायतमा थप १ नेपालीको मृत्यु सांकेतीक तस्वीर

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त बेलायतमा १ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले विदेशमा निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *