११ महिनापछि ब्युँझिएका किशोर, जसलाई आफै संक्रमित हुँदासमेत कोरोनाबारे थाहै छैन

११ महिनापछि ब्युँझिएका किशोर, जसलाई आफै संक्रमित हुँदासमेत कोरोनाबारे थाहै छैन कारले ठक्कर दिइ गम्भीर घाइते भइ निको हुने क्रममा दुई पटक कोरोना संक्रमित भएका १९ वर्षीय किशोर, जो फ्लाभिल [तस्बिर एफ. स्टप मिडिया/ बि. पि. एन. मिडिया]

लण्डन । कारले ठक्कर दिएर गम्भीर घाइते भएका एक किशोर भर्खरमात्र बिउँझिएका छन् । उनलाई कोरोना महामारीका बारेमा केही ज्ञात छैन । यस कुराले विश्वलाई नै झस्काएको छ । जो भनिने जोसेफ फ्लाभिललाई गत वर्ष ११ मार्चमा स्ट्राफोर्डसायरको बर्टनमा हिँडिरहेको बेला एउटा कारले ठक्कर दिएको थियो ।

१९ वर्षीय किशोरले कोरोना महामारी अवधिको लकडाउनभर लिसिस्टर जनरल अस्पतालमा बेहोस अवस्थामै बिताए । अहिले उनले आँखा खोल्न र हातखुट्टा बिस्तारै चलाउन थालेका छन् । जोको परिवार उनको स्वास्थ्यमा आएको सुधारले खुशी छ,यद्यपि कोरोना महामारी,लकडाउन र त्योसँग जोडिएको सामाजिक दूरीको कारणले भोग्नुपरेको पीडा सुनाउँदा उनीहरु भावविह्वल हुन्छन् ।

‘पहिला त आँखा खुले पनि उनले केही प्रतिक्रिया दिएको थिएनन्, केही हप्तादेखि भने उनमा अप्रत्याशित सुधार देखिएको छ’,ती युवाकी काकी सेली फ्लाभिल स्मिथ भन्छिन,‘अब त उनले आँखा झिम्क्याउन, प्रतिक्रिया दिन तथा भनेको बेला हातगोडा चलाउन थालेका छन् ।’
उनले अब जो मा धेरै राम्रो सुधार आएकोले परिवार आशावादी भएको बताइन्।

ती किशोरलाई दुईपटक कोरोना संक्रमण भयो । एकपटक कोमामै भएको अवस्थामा र अर्कोपटक कोमाबाट बिउँझिदै गर्दा । कारले ठक्कर दिनुपूर्व उनले आफ्नो ए लेभलको पढाई गर्दै थिए जुन बेला कोरोनाको नाम निसानै थिएन ।

कोभिड–१९ को कारण अपनाउनुपर्ने मापदण्डको कारण उनका आमा सेरोन प्रिस्टलीलाई मात्र अस्पतालमा भेट्न अनुमति दिइन्थ्यो । उनी अर्थात जो लाई बेहोसीकै अवस्थामा एड्रोली ग्रिन पुर्याइयो । जहाँ न्यूरोलोजी सम्बन्धी उपचार हुनुको साथै शारीरिक र संवेगात्मक पुर्नस्थापनका बिधिहरु अपनाइन्छ । त्यहाँ उनलाई चार महिना पहिला लगिएको थियो।

अफसोच ! उपचार चल्दै गर्दा, उनी होसमा नफर्कदै दोस्रो पटक फेरी कोरोना संक्रमण भयो । जसले गर्दा फेरी आइसोलेसनको नियममा बाँधिनु पर्यो । कोरोना संक्रमण भएकै कारणले उनका परिवारले भेट्न पाएनन् । जब आफ्ना परिवार र साथीभाइहरूको तस्वीर स्क्रिनमा देखे,उनको अनुहारमा मन्द मुस्कान आउन थाल्यो । उनमा सुधार आइरहेको भएतापनि उनलाई अझै पूर्ण निको हुन समय लाग्छ,उत्तिकै नर्सिङ केयर पनि ।’

‘उनी त्यो अवस्थामा छँदा छुन र हेरचाह गर्न नपाइएको कुरा शब्दमा व्याख्या गरी साध्य छैन’, जो कि आमा भन्छिन,‘हामीलाई त यो पनि थाहा छैन कि उनी घाइते भएपछि फैलिएको कोरोना महामारी र लकडाउनको बारेमा बुझ्ने छन् कि छैनन् ।’

उनको १९ औं जन्मदिनमा आमालाई संगै बस्न दिएको थियो,तथापि सामाजिक दुरी कायम राख्नुपथ्र्यो । अहिले उनी छोरालाई पूर्णरुपमा निको हुने दिनको प्रतीक्षामा छिन । दुर्घटना हुनुपूर्व उनी हक्की र अन्य खेलहरु खेल्थे र अवार्ड लिने लक्ष्यमा थिए ।

काकीका अनुसार उनलाई फेरि फिजियोथेरापी गराउनुपर्नेछ, जुन कोरोना भाइरसको कारणले बीचमै रोकिएको थियो । आफ्नो ए लेवल पढाइ सकेपछि जोले एक वर्षको लागि यात्रामा बाहिर निस्कने चाहना राखेका थिए । त्यसैले,अहिले उनको परिवारका सदस्य र साथीसँगीले उनका लागि केही विशेष गर्न खोज्दैछन् । उनको परिवारले उपचारमा कुनै कमी नहोस् भनेर कोष जम्मा गर्न एउटा पेज नै बनाएका छन् ।

उनका साथीहरुले ‘जोज जोर्नी’ नामक फेसबुक पेज बनाएर भिडियोहरु सेयर गर्दै छन्,जसबाट जो र उनका साथीहरुको बारेमा थाहा पाउन सकिन्छ । त्यस्तै,विस्तृत सूचना चाहनेहरूको लागि एउटा वेबसाइट पनि बनाइएको छ ।

एजेन्सी