साउथ चलचित्रका अभिनेता अनिल नेदुमन्गडको डुबेर मृत्यु

साउथ चलचित्रका अभिनेता अनिल नेदुमन्गडको डुबेर मृत्यु

साउथ इन्डियन चलचित्रका अभिनेता अनिल नेदुमन्गडको मृत्यु भएको छ ।

४८ वर्षीया अनिलको शुक्रबार पानीमा डुबेर मृत्यु भएको हो ।

अभिनेता अनिल एक चलचित्रको सुटिङको सिलसिलामा थोड्डुपुझामा रहेका थिए ।

सोही क्रममा उनी साथीहरुसँग नुहाउन मलन्करा बाधमा पुगेका थिए । उनको डुबेर निधन भएको जनाइएकाे छ।

पानीमा डुब्ने बितिक्कै उनलाई सहयोगकर्मीको मद्दतले बाहिर निकालेर अस्पताल पुर्याइएको थियो ।

अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

अनिलले टिची अभिनेताको रुपमा अभिनय करियर सुरु गरेका थिए ।

२०१४बाट उनले चलचित्र अभिनय थालेका थिए ।

कयौं चलचित्रमा उनले सम्झनलायक भुमिका निर्वाह गरेका छन् ।

‘अथ्यप्पनम कोशियुम’, ‘कम्मतिपादन’, ‘पावडा’, ’किस्मत’ र ‘पैरोल’ जस्ता चलचित्रमा काम गरेका छन् ।