मलेसियामा बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

एजेन्सी । मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् ।
यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन् । “४१ जनाको मृत्युमध्ये २५ जना सेलाङ्गोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा रहेका छन्,” प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीले जानकारी दिए ।
मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेङ्गानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ। मलेसियामा वर्षायाममा बाढी आउनु सामान्य कुरा हो तर डिसेम्बर १७ मा देशको पूर्वी क्षेत्रमा परेको मुसलधारे पानी डिसेम्बर १९ सम्म जारी रहेपछि यसले विनाशकारी रूप लिएको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर