त्रिभुवन विमानस्थलबाट दुई किलो सुन बरामद

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुन बरामद भएको छ।
विमानस्थल प्रहरीका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार नेपाल एयरलाइन्समार्फत् दुबईबाट काठमाडौं आएका दुई व्यक्तिबाट सुनजस्तो देखिने पदार्थ दुई किलो बरामद भएको हो।
‘सुनजस्तो देखिने बस्तु दुई किलो बराबद भएको छ। थप जाँचका लागि पठाएका छौं। त्यसपछि सुन हो/होइन भन्ने पत्ता लाग्छ,’ उनले भने।
उनका अनुसार उक्त घटनामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानी छन् ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर