कुवेत : ६० वर्षभन्दा माथिका डिप्लोमा गरेका आप्रवासीलाई श्रम स्वीकृति दिन प्रतिबन्ध लगाउने निर्णय खारेज

कुवेत सिटी । जनशक्तिका लागि सार्वजनिक प्राधिकरणको सञ्चालक समितिले ६० वर्षभन्दा माथिका उच्च माध्यमिक डिप्लोमा र सोभन्दा मुनिको योग्यता भएका आप्रवासीलाई श्रम स्वीकृति दिन प्रतिबन्ध लगाउने निर्णयलाई खारेज गरेको छ ।
काउन्सिलले ५०० कुवेती दिराम वार्षिक शुल्क र १२०० कुबेती दिरामको निजी स्वास्थ्य बीमाको लागि वोर्क प्रमिट नवीकरण गर्न अनुमति दिने नयाँ प्रस्ताव पारित गरेको छ, जुन निर्णय बीमा कम्पनीहरूको समूहले गरेको थियो।
यससँगै अबदेखि ६० बर्ष भन्दा माथिका प्रवासीहरूले प्रति वर्ष १७०० कुवेती दिराम तिर्नुपर्नेछ। उद्योग वाणिज्य मन्त्री र जनशक्ति सञ्चालक समितिका अध्यक्षले स्वीकृति दिएपछि तत्कालै यस वर्गको रेसिडेन्सी नवीकरण गर्ने स्वचालित प्रणाली खुलेसँगै यो नियम लागू हुनेछ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर