विवाहमा म्युजिक बजाएको आरोपमा तालिबानद्धारा १३ जनाको हत्या
अफगानिस्तान। अफगानिस्तानमा तालिबानको आगमनसँगै क्रुरता कम भएको छैन। हालै विवाह समारोहमा संगीत बजाएको आरोपमा १३ जनाको हत्या गरिएपछि तालिबानको क्रुरता कम नभएको पुष्टी भएको छ।
यो घटना नेंगरहार प्रान्तको भएको अफगानिस्तान पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले सोसल मिडियामार्फत जानकारी गराएका हुन्।
उनले ट्वीटरमार्फत भनेका छन्, ‘तालिबान लडाकुले नेंगरहारमा विवाह महोत्सवमा संगीत बजाएको आरोपमा १३ मानिसको हत्या गरेका छन्। हामीले खाली निन्दा गरेर मात्र आफ्नो क्रोध व्यक्त गर्न सक्दैनौं।’
ताजा अपडेट
प्रवास खबर
टी–२० विश्वकपमा आतंकवादी हमलाको धम्की
प्रवास खबर
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
प्रवास खबर