यूएईमा इन्धनको मुल्य घट्यो

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा सेप्टेम्बर महिनाको लागि ग्यासोलीनको मूल्य घटेको छ।
यूएईको इन्धनको मूल्य निर्धारण समितिले सोमबार घोषणा गर्दै सेप्टेम्बर महिनाको लागि पेट्रोल तथा डिजेलको मूल्य निर्धारण गरेको हो।
१ सेप्टेम्बरदेखि लागू हुने गरी सुपर–९८ पेट्रोल प्रतिलिटर लाई २.५५ दिराम पर्नेछ, जसको मूल्य अगस्ट महिनाको लागि प्रतिलिटरको २.४४ दिराम थियो। त्यस्तै, अगष्टमा प्रतिलिटर स्पेशल–९५ पेट्रोललाई २.४७ दिराम पर्दै आएकोमा सेप्टेम्बरमा २.४४ दिराम मात्र पर्नेछ।
त्यसैगरी ई प्लस पेट्रोल प्रतिलिटरलाई सेप्टेम्बर महिनामा २.३६ दिराम पर्नेछ, जसको मूल्य अघिल्लो महिनाको लागि २.३९ दिराम प्रतिलिटर तोकिएको थियो।
डिजेलको सेप्टेम्बर महिनाको लागि २.३८ दिराम प्रतिलिटर तोकिएको छ, जुनचाहिँ अगस्ट महिनामा २।४५ दिराम प्रतिलिटरका दरले बिक्री भएको थियो।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
