फ्रान्सका राष्ट्रपति इमानुयल म्याँक्रोले बाटोमै खाए झापड, घटनामा संलग्न दुई पक्राउ

फ्रान्सका राष्ट्रपति इमानुयल म्याँक्रोले बाटोमै खाए झापड, घटनामा संलग्न दुई पक्राउ

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुयल म्याँक्रोलाई दक्षिणी फ्रान्सको भ्रमणका क्रममा बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेको अवस्थामै एक व्यक्तिले झापड हानेका छन्।

बीएफ्एम् टिभी र आरएम्सी रेडियोले मङ्गलबार बताएअनुसार सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

उक्त घटनालगत्तै राष्ट्रपति म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो।

यसैसन्दर्भमा फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको बताउँदै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताएको छ।