प्रधानमन्त्री ओलीले भने–‘छाक काटेर अक्सिजन सिलिन्डर पठाउने खाडीका श्रमिकप्रति आभार व्यक्त गर्दछु’

प्रधानमन्त्री ओलीले भने–‘छाक काटेर अक्सिजन सिलिन्डर पठाउने खाडीका श्रमिकप्रति आभार व्यक्त गर्दछु’ File Photo

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खाडीमा कार्यरत नेपालीप्रति विशेष आभार व्यक्त गरेका छन्। उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्ने क्रममा कोरोना महामारीविरुद्ध लड्न खाडीका विभिन्न मुलुकबाट अक्सिजन सिलिण्डर पठाउने श्रमिकलाई धन्यावाद दिए।

जनताको नाममा सम्बोधन गर्ने क्रममा उनले भने, ‘आफ्नो छाक काटेर अक्सिजन सिलिन्डर पठाउने खाडीका मजदुरप्रति आभार व्यक्त गर्दछु।’ उनले गैरआवासीय नेपाली संघले खेलेको भूमिकाको पनि प्रशंसा गर्दै धन्यावाद दिए।

कोरोनाको महामारीसँग लड्न नेपालमा अक्सिजनको कमिबाट धेरैको ज्यान गएको थियो। अक्सिजनको अभाव कम गर्न मध्यपूर्वका विभिन्न देशमा रहेका नेपालीले आर्थिक संकलन गरेर ओमनबाट मात्र ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएको थिए।

संघको मध्यपूर्व क्षेत्रीय समितिले अभियान चलाएको थियो, जसमा खाडीमा रहेका सबै संघसंस्थाले हातेमालो गरेका थिए।



No ads found for this position