अब अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति लिन पाइने

अब अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति लिन पाइने

काठमाडौं । शुक्रबारदेखि अनलाइनबाट मात्र श्रम स्वीकृति लिन पाइने भएको छ । वैदेशिक रोजगार विभागले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनबाट मात्र श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

विज्ञप्तिमा विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण, नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पूनः श्रम स्वीकृति स्थगित गरिएको उल्लेख गरिएको छ ।

विभागको निर्देशन अनुसार ताहाचलमा रहेको विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालयले एक सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित हुने सबै सेवा बन्द भएको जनाएको छ ।

अनलाइनमार्फत पूनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता कार्यहरु मात्रै निरन्तरता दिने व्यबस्था मिलाएको सूचनामा उल्लेख गरिएको छ । साथै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाका लागि कार्यालयले दःख व्यक्त गरेको छ ।

विभागले कोभिड–१९ को दोस्रो लहरको रोकथामका लागि काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सो समयसम्मका लागि विभाग मातहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु बन्द गरिएको वैदेशिक रोजगार कार्यलयले जनाएको छ ।

अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत बन्द गरिएका छन् ।