आप्रवासी कामदार समाजद्धारा साउदीमा सदस्यता आह्वान

आप्रवासी कामदार समाजद्धारा साउदीमा सदस्यता आह्वान

रियाद । आप्रवासी कामदार समाज (आकास) ले साउदी अरबमा सदस्यता आवेदन खुल्ला गरेको छ । समाजमा जोडिन चाहने प्रवासी कामदारले निःशुल्क सदस्यता लिन सक्नेछन् ।

समाजकी प्रतिनिधि अनुजा बुढाथोकीका अनुसार नेपाली कामदारको हकहितमा आधारित भइ काम गर्न यो समाजको स्थापना गरिएको हो । समाजमा जोडिनका लागि समाजको वेभसाइटमा गएर अनलाइन फर्म दर्ता गर्न सकिनेछ । जसका लागि कुनै पनि शुल्क लाग्नेछैन्।

यसका साथै समाजले राष्ट्रिय संयोजन समिति साउदीको अवधारणलाई पनि अघि बढाएको बुढाथोकीले बताइन् । यस समितिमा जोडिएर काम गर्न इच्छुकले सदस्यता लिनुपर्नेछ।

यसका अलावा पीडित कामदारले आफ्नो समस्यालाई अनलाइनमार्फत समाजसमक्ष राख्न सक्नेछन् । ती समस्यालाई समाधान र सहजीकरण गर्न समाजले सहयोग गर्ने बुढाथोकीले बताइन्।