बंगलादेशका एटीएम सबै रित्ता, लुटिने डरले बैंकले राखेनन् पैसा

बंगलादेशका एटीएम सबै रित्ता, लुटिने डरले बैंकले राखेनन् पैसा File Photo

ढाका। बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव भएको छ।

प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन।

वास्तवमा गत ५ अगस्तमा  प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरु अझै काममा फर्किन सकेका छैनन्। यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ। धेरैजसो प्रहरी चौकीहरु रित्तो भएका छन्, त्यहाँ प्रहरीहरु छैनन। न त सडकमा ट्राफिक नै रहेका छन।

एटीएम बुथसम्म नगद पुर्‍याउने सुरक्षाकर्मी काममा नफर्केकाले एटिएममा नगद नभएको बैंकरहरुले बताएका छन्। यसअघि गत अगस्त ७ मा  केन्द्रीय बैंकले सबै बैंकबाट १ दिनका लागि एक लाख रुपैयाँ नगद झिक्न सीमा तोकेको थियो।

हसिनाको राजीनामा पछि देशमा हिंसा, लुटपाट र आगजनीका घटना बढेका छन्। नयाँ सरकारले पनि अझै सुरक्षा ब्यवस्थालाइ  नियन्त्रणमा लिइसकेको अवस्था छैन्।



No ads found for this position