टी-२० विश्वकप: पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

काठमाडौँ। टी–२० विश्वकपमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ११९ रनमा मात्रै सिमित भएको भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो।
भारतले दिएको १२० रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाए पछि भारतले खेल ६ रनले जितेको हो।
प्लेयर अफ द म्याच जसप्रित बुमराह चार ओभरमा मात्र १४ रन दिएर तीन विकेट लिएर भारतको जितका नायक बने। कुनै बेला पाकिस्तानलाई ३० बलमा ३७ रन चाहिएको थियो र ६ विकेट बाँकी थियो तर भारतीय बलरले ३० रन दिएर पाकिस्तानलाई ७ विकेटमा कुल ११३ रनमा सीमित बनाएका थिए।
टी-२० विश्वकपका आठ खेलमा पाकिस्तानमाथि भारतको यो सातौं र ओडीआई-टि-२० विश्वकपसहित १६ खेलमा पाकिस्तानमाथि भारतको १५औँ जित हो।
यो जितपछि समुह ए मा रहेको भारतले लगातार दोस्रो जित हासिल गरेको छ। २ खेलमा ४ अंक हासिल गरेको भारत समुह ए मा शिर्ष स्थानमा रहेको छ। त्यस्तै पाकिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ। पाकिस्तानले पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो।
ताजा अपडेट

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

सरकारी सेवा अब ‘फेसलेस’ बनाइने
