विश्वकप छनौटमा नेपालको अर्को हार, यूएईविरुद्ध ४-० ले पराजित

काठमाडौं। नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ।
विहिबार राति साउदी अरबमा सम्पन्न यूएईविरुद्धको खेलमा नेपाल ४–० ले परजित भएको छ।
पहिलो हाफमा २ गोल गरेको यूएईले दोस्रो हाफमा पनि २ गोल गरेको थियो। युएइका लागि हरिब अब्दल्ला सुहेलले २ गोल गरेका थिए भने अलि सालेह र हजेम मोहमदले एक एक गोल गरेका थिए।
नेपालले विश्वकपको छनौट अन्तर्गत यूएईविरुद्धको पहिलो लिगमा पनि ४–० ले नै हार बेहोरेको थियो।
यो हारसंगै नेपालले यस पटकको विश्वकप छनौटमा लगातार पाँचौं हार बेहोरेको छ। अब नेपालले अर्को खेल यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ।
घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यूु’ को रुपमा साउदी अरबमा खेलेको हो।
एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो।
नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो।
ताजा अपडेट

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने
