टी-२० विश्वकपमा नेपाल आज पहिलो खेल खेल्दै

टी-२० विश्वकपमा नेपाल आज पहिलो खेल खेल्दै

काठमाडौं। जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ। समुह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ। डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ।

आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी-२० खेल भएका छन्। जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ। त्यस्तै एक खेलको नतिजा आएको थिएन।

नेपालको विश्वकप यात्रा 

त्यस्तै नेपालले भने १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको छ। नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो।

नेपाली टिम 

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ। नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्।

टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ। यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन्। विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ।



No ads found for this position