करण जौहरलाई दिल्ली अदालतको पत्र
निर्माता–निर्देशक करण जौहर फेरि विवादमा मुछिएका छन्। उनको फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ लाई लिएर फेरि विवाद सुरु भएको छ।
भारतीय बायुसेनामा फाइटर प्लेन उडाउने पहिलो महिलाको कथामा आधारित यो फिल्ममा केही आपत्तिजनक दृश्य जोडिएको भन्दै सेनाले असन्तुष्टी पोखेको थियो।
यसैलाई लिएर इन्डियन सिङ्गर राइट एसोसिएसन (इसरा) ले करणको प्रोडक्सन हाउस धर्माविरूद्ध अदालतमा मुद्धा दायर गरेको थियो।
राम लखन फिल्मको गीत ‘ए जी ओजी’, खलनायक फिल्मको गीत ‘चोली के पिछे क्या है’ र कुछकुछ होता है फिल्मको गीत ‘साजन जी घर आए’ व्यवसायिक दृष्टिकोणले प्रयोग भएको भन्दै इसराले रोयल्टीको माग गर्दै मुद्धा दायर गरेको हो।
यो मुद्धामा करणलाई २१ मार्चमा दिल्ली अदालतमा उपस्थित हुन भनिएको छ।
ताजा अपडेट
प्रवास खबर
नेपालमा अवसर नै अवसर छन् : ढकाल
प्रवास खबर
तेस्रो लगानी सम्मेलन सुरु
प्रवास खबर