दिपेन्द्र आइसीसीको टी–२० वरियतामा टप टेनमा

दिपेन्द्र आइसीसीको टी–२० वरियतामा टप टेनमा File Photo

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी–२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन्।

आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन्। दिपेन्द्र आइसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बनेका छन्।

टी–२० को अलराउण्डर वरियताको शिर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन्। त्यस्तै अफगानिस्तानका मोह्माब नाबी तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन्।

त्यसैगरी दक्षिण अफ्रीकाका एडन मार्क्रम पाँचौं, अस्ट्रेलियाका मार्क्स स्टोइनिस छैटौं, भारतका हार्दिक पाण्डेय सातौं, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अली नवौं स्थानमा रहेका छन्।



No ads found for this position