एन्फाका उपाध्यक्ष दावा लामा रिहा

काठमाडौं। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन्।
लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा बुधबार पक्राउ परेका लामा बिहीबार छुटेका हुन्।
सर्वोच्च अदालतमा पुनरावेदन गरेर तारेखमा रहेकाले काठमाडौँ जिल्ला अदालतले उनलाई छाडेकाे प्रहरीले जनाएकाे छ।
लागुऔषध कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार रहेका लामालाई बुधबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँबाट पक्राउ गरेकाे थियाे।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर