एसीसी प्रिमियर कप : नेपाल आज कतारसँग खेल्दै

काठमाडौँ। एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ।
ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४ः १५ बजेदेखि शुरु हुने छ।
नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो। त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ। जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन्।
कप्तान रोहितको टी–२० मा एक हजार रन पुरा
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा एक हजार रन पुरा गरेका छन्।
रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए। उनले यस खेलमा ५ रन बनाएसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पुरा गरेका हुन्। रोहितले ४४ खेलका ४२ इनिंगमा आफ्नो एक हजार रन पुरा गरेका छन्। टी–२० मा उनको उच्च रन ६१ रहेको छ।
उनी नेपालबाट टी–२० मा एक हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन्। नेपालका लागि टी– २० अन्तर्राष्ट्रिय खेलमा सर्बाधिक रन बनाउने खेलाडी दिपेन्द्र सिंह ऐरी हुन्। ऐरीले अहिलेसम्म १४९६ रन बनाएका छन्। उनी पछि कुशल भुर्तेलले १०३७ रन बनाएका छन्।
ताजा अपडेट

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने
