आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई दियो २२५ रनको विशाल लक्ष्य

आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई दियो २२५ रनको विशाल लक्ष्य

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २२५ रनको लक्ष्य दिएको छ।

जारी टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ६ विकेट गुमाउदै २२४ रन बनाएको हो।

आयरल्याण्ड वोल्भ्सका लागि कप्तान निल रकले सर्बाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले सर्बाधिक ६५ रन बनाएका थिए। त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए।



No ads found for this position