आयरल्याण्ड ‘ए’ले नेपाललाई दियो १२२ रनको लक्ष्य

आयरल्याण्ड ‘ए’ले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौं। आयरल्याण्ड ‘ए’ ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको हो।

आयरल्याण्ड ‘ए’का लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए।



No ads found for this position