आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपालमा आज पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । छापावाला सुन प्रति तोला ९ सयले बढेर ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजावी सुन प्रति तोला ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
विहिबारको तुलनामा चाँदीप्रति तोला ३० रुपैयाँले बृद्धि भएर १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७४ हजार ९३० रुपैयाँ, तेजावी सुन ७४ हजार ५४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ६८ रुपैयाँ मूल्य कायम गरेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर