फिलिपिन्समा शुक्रबार बिहान ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
मनिला । फिलिपिन्समा शुक्रबार बिहान ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु हल्लिएका र ‘क्रिसमस’ डे मनाउन भेलाभएका विभिन्न स्थानका मनिसहरुमा भागाभागको अवस्था आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ७ : ४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १२४ किलोमिटर गहिराइमा रहेको थियो ।
ताजा अपडेट
प्रवास खबर
टी–२० विश्वकपमा आतंकवादी हमलाको धम्की
प्रवास खबर
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
प्रवास खबर